पूर्वाधार विकास कार्यालय ललितपुरका लेखा अधिकृत २२ हजार रुपियाँ घुस रकम सहित पक्राउ

Advertisement

काठमाडौँ । पूर्वाधार विकास कार्यालय ३ नम्बर प्रदेश ललितपुरका लेखा अधिकृत बिष्णुहरी पुडासैनी २२ हजार घुस रकम सहित पक्राउ परेका छन् ।

पूर्वाधार विकास कार्यालय ललितपुरका लेखा अधिकृत पुडासैनीले सडक निर्माण कार्यको लागि टेण्डर सम्झौता भई काम हुँदै गर्दा मोविलाइजेशन पेश्की लिनका लागि आएका सेवाग्राहीसँग घुस मागेको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको थियो ।

सोही उजुरीका आधारमा दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले लेखा अधिकृत पुडासैनीलाई बाइस हजार रुपियाँ घुस लिइसकेको अबस्थामा उक्त रकमसहित ललितपुर महानगरपालिका वडा नम्ब। १३ एकान्तकुनाबाट शुक्रबार नियन्त्रणमा लिइएको हो ।

उनलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement