सेयर बजारमा उछाल, नेप्से ४२ अंकले उक्लियो, एक अर्ब ३३ करोडको किनबेच

Advertisement

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा उछाल आएको छ । बजार परिसुचक नेप्से ४२ दशमलव ६१ अंकले बढेर एक हजार २५५ पार गरेको छ भने एक अर्ब ३३ करोड रुपियाँभन्दा बढिको सेयर किनबेच भएको छ ।

आज सबै समूहका सुचकहरुमा उत्साहजनक सुधार देखिएको छ । सेयर बजारमा सबैभन्दा ठूलो हिस्सा ओगट्ने बाणिज्य बैंक समूहको सुचक दुई दशमलव ५२ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूहको सुचक आठ दशमलव १७ प्रतिशतले बढेको छ ।

त्यस्तै, लघुवित्त समूहको सुचक छ दशमलव ५५ प्रतिशत, जीवन बीमा समूहको सुचक छ दशमलव ८६ प्रतिशत, जलविद्युत समूहको सुचक तीन दशमलव २५ प्रतिशतले बढेको छ । बाँकी समूहहरुको सुचक दुई प्रतिशतको हाराहारीमा रहेको छ ।

आज सबैभन्दा धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । उसको पाँच करोड ८८ लाख रुपियाँको कारोबार छ । आज १० प्रतिशतका दरले उच्च नाफा गर्नेमा नेपाल इन्स्योरेन्स कम्पनी, प्रिमियर इन्स्योरेन्स कम्पनी, मेरो माइक्रोफाइन्स वित्तिय संस्था, सिद्धार्थ इन्स्योरेन्स कम्पनी र सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ता छन् भने घाटा खानेमा माउन्टेन हाइड्रोका लगानीकर्ता अगाडि छन् ।

आज कुल १७९ कम्पनीको सेयर कारोबार भएकोमा १० कम्पनीको सेयरमा मात्रै गिरावट आएको छ भने बाँकीको सेयरमा वृद्धि भएको छ ।

Advertisement

Advertisement

Advertisement