माछापुच्छ्रे बैंकको किसान कार्ड संचालनमा

Advertisement

काठमाडौं । माछापुच्छ्रे बैंकले ‘माछापुच्छ्रे किसान कार्ड सेवा’ सञ्चालनमा ल्याएको छ । साना किसानको कृषि व्यवसायमा आवश्यक पर्ने चालू पुँजी खर्च परिपूर्ति गर्नका लागि बैंकले किसान कार्ड सेवा सञ्चालनमा ल्याएको हो ।

बैंकले यूके एड सक्षम एक्सिस टु फाइनान्स प्रोग्राम र हेफर इन्टरनेसनल नेपालसँगको सहकार्यमा विभिन्न १४ जिल्लाका किसानलाई सेवा प्रदान गर्ने कार्ड सेवा ल्याएको हो । पहिलो चरणमा हेफर इन्टरनेसनल नेपालसँग आवद्ध बाँके जिल्लाको खजुरा गाउँपालिकास्थित साझा फूलबारी उद्यमी महिला सहकारीका कृषकहरूलाई कार्ड प्रदान गरी सेवाको सुरुवात गरिएको छ ।

किसानहरूले ४ लाख रुपियाँसम्मको कृषि कर्जा किसान कार्डमार्फत प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । सो कृषि कर्जाको आवेदन तथा स्वीकृत प्रक्रिया बैंकले क्रेडिट स्कोरिङ मोडेलबाट गर्ने जनाएको छ ।

किसान कार्डमार्फत कृषकहरूले माछापुच्छ्रे बैंकको शाखारहित बैंकिङ सेवामार्फत आफ्नो कार्डमा उपलब्ध सीमाभित्र रहने गरी कारोबार गर्न सक्नेछन् । बैंकले १ सय ४४ वटा शाखा कार्यालय, १ सय ३८ शाखा रहित बैकिङ सेवा तथा १ सय ७२ वटा एटीएमहरूमार्फत सेवा दिँदै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement