दीर्घराज मैनालीले भने-‘असल व्यवसायीको संरक्षण र पारदर्शी व्यवसायलाई मात्रै प्रबद्र्धन’

Advertisement

काठमाडौँ । राजश्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनालीले आफ्नो विभागले असल व्यवसायीको संरक्षण गर्ने, छानबिन अनुसन्धान मात्र गर्ने र पारदर्शी व्यवसायलाई प्रबद्र्धन गर्ने बताएका छन् । चेम्बर अफ कमर्श ७० वर्ष प्रवेश गरेको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा महानिर्देशक मैनालीले यस्तो कुरा बताएका हुन् ।

उनले कर प्रणाली स्वयम् कर निर्धारण प्रणालीमा आधारित भएको हुँदा उद्यमी व्यवसायीलाई तदनुसार नै आफ्नो क्रियाकलाप गर्न आग्रह गरे । राजश्व अनुसन्धान विभागका महानिर्देशक मैनालीले २०७१ सालदेखि नै चर्चामा रहेको भिसिटिएस प्रणालीमा उल्लेख्य सहभागिता भएको बताउँदै यो प्रक्रिया झन्झटिलो नभएको उल्लेख गरे । उनले भिसिटिएसमा छिटो आबद्ध हुन समेत व्यवसायीलाई अनुरोध गरेका छन् ।

भन्सार विभागका निमित्त महानिर्देशक श्यामप्रसाद भण्डारीले वैध व्यापारको विकल्प नभएको र भन्सार प्रशासन र डिजिटल हुने क्रममा निकै अगाडि बढी सकेको र यसको लागि व्यापार सहजीकरण गर्न आफु तैयार रहेको बताए ।

सोहि अवसरमा आन्तरिक राजश्व विभागका महानिर्देशक विनोदबहादुर कुँवरले जिल्ला/नगर चेम्बर अफ कमर्सका अध्यक्ष तथा पदाधिकारीहरुले उठाउनु भएको प्यान जारी गर्ने अधिार जिल्ला चेम्बरलाई दिने बारे गृहकार्य गरेर माथिल्लो निकायमा पुर्याउने बताए ।

साथै, कर सचेतना कार्यमा सहकार्य गरी व्यापक गर्नु पर्ने, करको लागत, दूरी र समय घटाउन कर कार्यालयहरु बढाउने वा कारदनाता सेवा कार्यालयको स्तरोन्नती गरी आन्तरीक राजश्व कार्यलय गर्ने तर्फ सोच भइ रहेको बताए । कर चुक्ता प्रणाली पूर्ण अपरेसनको माध्यमद्धारा लिन सकिने प्रयोगकर्ता मैत्री भैसकेको बारेमा प्रचार प्रसार जरुरी रहेको बताउँदै कर कार्यालय सम्म जानुनपर्ने स्थितीको सृजना गर्ने तर्फ विभाग लागि रहेको बताए ।

उक्त कार्यक्रममा नेपाल चेम्बर अफ कफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक आधारमा आर्थिक जरिवाना मात्र हुनुपर्ने बताए ।
नेपाल चेम्बर अफ कमर्सको ६९ औं वार्षिक साधारण सभा, चेम्बर दिवस २०७६ तथा चेम्बरको ७० वर्ष प्रवेशको पूर्व सन्ध्यामा चेम्बर कार्य समितिका सदस्य, प्रदेश÷नगर चेम्बर अफ कमर्सका अध्यक्षहरु र प्रतिनिधिसँगको भेटघाट तथा राजश्व सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले आर्थिक ऐन लागु भएको ४ महिना भित्रै करका दर परिवर्तन हुन नहुने बताएका हुन् ।

अध्यक्ष श्रेष्ठले अनिवार्य प्यान, ढुवानीमा भ्याट, स्थानिय प्रदेश तथा संघीयमा दोहोरो र फरक मापदण्ड, भंसार मुल्यांकन, बैंक कर्जालाई कर कार्यालयको सहमति, पूख्र्यौली सम्पत्ति हक स्थानान्तरमा उच्च कर र सम्पत्ति अभिलेखिकरण लगायतमा जोड दिए ।

उनले नेपालमा संघियता लागू भएपछि चेम्बर पनि पहिलेको जस्तो एकात्मक संरचनामा रहनु सान्दर्भिक नभई मुलुकको नीति निर्माणमा चेम्बरले गरेको नेतृत्वदायी भूमिका र अभियानमा जोडिन चाहनु भएपछि स्थापित अवसरमा आउनु हुदा राजश्व सम्बन्धी समस्या एंव सुझाब सम्बन्धित आयोजना गरिएको जानकारी दिए ।

यस अघि आइतबार बिहान चेम्बरले वाका थोन कार्यक्रम गरेको थियो । ३ सय ५० जना सहभागी वाका थोन चेम्बर भवन जमलदेखि बसन्तपुर, न्यूरोट रत्नपार्क हुदै पुनः चेम्बर भवन पुगेर सम्पन्न भएको थियो । चेम्बरले वाका थोन पछि चेम्बर भवनमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।

Advertisement

Advertisement

Advertisement