एनएमबि बैंक सञ्चालक समितिको अध्यक्षमा पवनकुमार गोल्याण चयन

Advertisement

काठमाडौँ । एनएमबि बैंक सञ्चालक समितिको अध्यक्षमा पवनकुमार गोल्याण चयन भएका छन् ।

पुस २४ गते सम्पन्न २४औँ वार्षिक साधारण सभाले संस्थापक शेयरधनीबाट ३ जना र सर्वसाधारण शेयरधनीहरुबाट ३ जना गरी ६ जना सञ्चालक निर्वाचित गरेको थियो । सञ्चालक समितिको आइतबार बसेको बैठकले गोल्याणलाई अध्यक्षमा चयन गरेको जनाइएको छ ।

त्यस्तै सञ्चालकहरुमा संस्थापक समूहबाट निको पिल(एफएमओ, नेदरल्याण्ड्सको तर्फबाट), राजेन्द्र काफ्ले(कर्मचारी सञ्चय कोषको तर्फबाट), सर्वसाधारण समूहबाट योगेन्द्रलाल प्रधान, उत्तम भ्लोन, शिरिषकुमार मुरारका र स्वतन्त्र सञ्चालकमा प्रदीपराज पाण्डे चयन भएको कम्पनी सचिव धु्रवप्रसाद अधिकारीले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement