मिर्मिरे लघुवित्तले स्वेडालाई प्राप्ति गर्ने समझदारी, चैत मसान्तसम्म सबै कार्य पूरा गर्ने

Advertisement

काठमाडौँ । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले स्वेडा लघुवित्तलाई प्राप्ति(एक्वीजिशन) गर्ने भएको छ । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरेले धादिङ धुनिवेशी नपा धार्केमा केन्द्रीय कार्यालय रहेको स्वेडालाई प्राप्ति गर्ने समझदारीमा पत्रमा आइतबार हस्ताक्षर भएको हो ।

दुई संस्था गाभिएपछि मिर्मिरे लघुवित्त वित्तीइ संस्था लिमिटेडका नामबाट सञ्चालन हुने र केन्द्रीय कार्यालय बनेपामा रहने प्रारम्भिक समझदारी पत्रमा उल्लेख छ । समझदारी पत्रमा उल्लेख भए अनुसार प्राप्ति गर्ने सम्बन्धी कार्य २०७६ चैत मसान्त पूरा गर्ने लक्ष्य लिइएको छ ।

शेयर स्वाप अनुपात(एसएसआर) मा दोश्रो पक्षको शेयर मूल्य प्रति कित्ता ७५ रुपियाँ भन्दा कम वा बढी भएमा दुबै पक्षको सञ्चालक समितिको निर्णय बमोजिम दोश्रो पक्षको शेयर मूल्य प्रतिकित्ता ७५ रुपियाँ भन्दा नहुने गरी शेयर स्वाप अनुपात कायम गर्ने समझदारी पत्रमा उल्लेख छ ।

संस्था प्राप्ति पछिको सञ्चालक समितिमा मिर्मिरे लघुवित्तमा बहाल रहेका सञ्चालकहरुको पदावधि यथावत कायम रहने छ । प्राप्ति पछिको साधारण सभाबाट पारित भए बमोजिम १०० प्रतिशत अर्थात १ः१ हकप्रद शेयर जारी गर्न दुबै पक्षले सहमति जनाएका छन् ।

समझदारी पत्रमा मिर्मिरे लघुवित्त सञ्चालक समितिका अध्यक्ष टेकबहादुर बोहरा र स्वेडाका अध्यक्ष रिता देवकोलटा बस्नेतले हस्ताक्षर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement