माघ १ गते हुने गोरु जुधाई मेलाको तयारी पूरा

Advertisement

काठमाडौँ । विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि माघ १ गते नुवाकोट जिल्लाको तारकेश्वर गाउँ पालिका -३ मा गोरु जुधाई मेलाको आयोजना हुने भएको छ ।

रसुवा नुवकोट पर्यटन समाजले सोमबार राजधानी काठमाडौँमा पत्रकार सम्मेलन गरी गोरु जुधाई मेलाको बारेमा जानकारी दिएको हो ।
आन्तरिक तथा वाह्य पर्यटकको प्रबद्र्धन गर्ने उद्देश्यले एक दशक देखि नुवाकोटको तारुका(हाल तारकेश्वर गाउँ पालिका ३) मा एकीकृत ढंगबाट मेला आयोजना हुँदै आएको छ ।

यसवर्षपनि माघे संक्रान्तिको अवसरमा नुवकोट तारुकामा २२ हल गोरु जुधाईने र रसुवा नुवाकोटको सीमाना बेत्रावतीमा १२ हलगोरु जुधाइने पत्रकार सम्मेलनमा जानकारी दिइयो । यस्तै घलेगाउँमा ८ र धादिङको धुँवाकोटमा १४ हल गोरु जुधाइने कार्यक्रम छ ।

स्थानीय संस्कृतिलाई जीवित राख्दै राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा समेत यी क्षेत्रहरुको प्रवद्र्धन गर्ने र नेपाल भ्रमण वर्ष २०२० पार्ने अभियानमा समेत गोरु जुधायृ मेलाले सहयोग पुर्याउने आयोजकले जनाएका छन् । गोरु जुधाई मेलाको तयारी पूरा भएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement