बाह्र करोड ५७ लाख राजश्व छलि गर्ने ६ जना बिरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता

Advertisement

काठमाडौँ । १२ करोड ५७ लाख राजश्व छलि गर्ने ६ जना बिरुद्ध राजश्व अनुसन्धान विभागले काठमाडौँमा जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । झुट्ठा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक प्रयोग गरी राजश्व छलि गर्ने काठमाडौँ महानगरपालिका वडा नम्बर १७ बस्ने हाइवे लिंक प्रालि तथा रोज इन्टरप्राइजेजका प्रोप्राइटर फिरोज मास्के सहित ६ जनालाई सोमबार मुद्दा दर्ता गरिएको हो ।

सञ्चालक मास्के सहित जनार्दन भण्डारी, भाइराजा श्रेष्ठ, देवराज अधिकारी र वेस्ट वे सोलुसन प्रालिका सञ्चालक देवराज अधिकारीलाई मालवस्तु तथा सेवा खरिद नै नगरी झुट्ठा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक मात्र खरिद गरी नेपाल सरकारलाई तिर्नु पर्ने कर दायित्व नतिरेको ठहर सहित मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

लाभांश करतर्फ ७५ लाख ९७ हजार २०५ रुपियाँ, आयकरतर्फ ७ करोड ७१ लाख २ हजार ३२ रुपियाँ र मूल्य अभिबृद्धि करतर्फ ४ करोड १० लाख ३९ हजार ३१३ रुपियाँ राजश्ज चुहावट गरेकाले राजश्व चुहावट(अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २(६क) बमोजिम १२ करोड ५७ लाख ३८ हजार ५५० रुपियाँ बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र ३ वर्षको कैद माग दाबी सहित काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागले जानएको छ ।

वेष्ट वे लिंक प्रालिका कर्मचारीहरु अभिषेककुमार आचार्य र सूर्यचन श्रेष्ठलाई समेत राजश्व चुहावटमा मुख्य कसुरदारलाई सहयोग गरी मतियार भएको ठहर सहित मुद्दा दायर गरिएको जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement