एनसेलको मेरो प्लान अब साप्ताहिक प्याकमा, अझ सुलभ दरमा डेटा र भ्वाइस सेवा

Advertisement

काठमाडौं । एनसेल प्रालीले आफ्ना प्रिपेड ग्राहकका लागि मेरो प्लानअन्तर्गत साप्ताहिक प्लान ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले अब अझ सुलभ दरमा डेटा र भ्वाइस सेवाको फाइदा लिनसक्ने कम्पनीले जनाएको छ ।

मंगलबार (पुस २९) देखि लागु हुने यो योजनाअन्तर्गत एनसेलले दुई साप्ताहिक प्याकहरु २ जिबी प्लान र ६ जिबी प्लान ल्याएको छ । दुई जिबी प्लानअन्तर्गत ग्राहकले करसहित ९५ रुपियाँ ७७ पैसामा दुई जिबी डेटा भोलुमको मजा लिन सक्ने कम्पनीको भनाई छ । यसका साथै यो प्लानअन्तर्गत ग्राहकले अननेट अर्थात एनसेल नेटवर्क भित्र करसहित १ रुपियाँ २८ प्रतिमिनेटमा भ्वाइस सेवाको फाइदा पनि लिन सक्नेछन् ।

त्यसैगरी ६ जिबी प्लानअन्तर्गत ग्राहकले करसहित मात्र १९१ रुपियाँ ५४ मा ६ जिबी (चार जिबी + दुई जिबी भिडियो डेटा)को मजा लिन सक्नेछन् । प्याकअन्तर्गतको भिडियो डेटा युट्युब, आइफ्ल्क्सि, एनसेलको भिडियो पोर्टल तथा गुगल सेवाका अन्य सेवा जस्तै गुगलप्ले, म्याप्स आदि चलाउन प्रयोग गर्न सक्नेछन् ।

डेटा प्याक सकिएपछि मेन ब्यालेन्स नकाटि आफै डेटा बन्द हुने मेरो प्लानको विशेषता रहेको यो प्लानअन्तर्गत ग्राहकले आफ्नो डेटा भोलुम सकिएपछि आवश्यकताअनुसारको मेरो प्लानहरु तुरुन्त सुचारु गर्न सक्नेछन् ।

साप्ताहिक प्लानअन्तर्गतका डेटा भोलुमको समयावधि सुचारु भएको दिन देखि ७ दिनको रहने छ । ग्राहकले एस्ट्रिक्स१७१२३ह्यास डायल गरी प्राप्तनिर्देशनअनुसार कुनै पनि एउटा प्लान सुचारु गर्न सक्नेछन् ।

सुलभ दरमा गुणस्तरीय सेवा प्रदान गर्ने आफ्नो प्रतिवद्धताबमोजिम ग्राहकका लागि ग्राहककै आवश्यकताअनुसारको बण्डलिङ्गसहितको प्लान ल्याएको एनसेलले जनाएको छ । यस योजनामा रहेका कुनै पनि प्लान सुचारु गरेपछि हरेक हप्ता स्वतः नविकरण हुनेछ ।

प्लान नविकरण हुनको लागि मोवाइलमा प्लानअनुसारको चाहिने ब्यालेन्स हुनु आवश्यक छ । मेन ब्यालेन्स प्लान नविकरण गर्न अपुग भएको खण्डमा पनि ग्राहकले विद्यमान शुल्क भ्वाइस प्रतिमिनेट करसहित दुई रुपियाँ ५४ पैसा मा प्रयोग गर्न सक्नेछन् ।

Advertisement

Advertisement

Advertisement