सुनको मूल्य आरालो लाग्ने क्रम जारी, तोलामा ८०० घट्यो

Advertisement

काठमाडौं । साताको तेस्रो दिन आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत सोमबार ७४ हजार ८०० रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज ८०० रुपियाँले घटेर प्रतितोला ७४ हजार रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७३ हजार सात सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापा9वाला सुनको मूल्य ६३ हजार ४४५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६३ हजार १९० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य १० रुपियाँले घटेर ८८० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७५४ रुपियाँ ५० पैसा कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement