नागबेली लघुवित्तको एजीएम माघ २६ गते, बोनस शेयरपछि ४ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने

Advertisement

काठमाडौँ । बिर्तामोड झापामा केन्द्रीय कार्यालय रहेको नागबेली लघुवित्त वित्तीय संस्थाको १०औँ वार्षिक साधारण सभा(एजीएम) माघ २६ गते हुने भएको छ ।

पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले बिहान १०ः३० बजे सिटी पार्टी प्यालेस बिर्तामोडमा साधारण सभा गर्ने निर्णय गरेको हो ।
साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार संस्थाको हाल कायम चुक्ता पूँजी १६ करोड ७६ लाख ६९ हजार ५ सय रुपियाँको २६ प्रतिशत बोनस शेयर र १.३६ प्रतिशत नगद लाभांश(बोनस शेयरको कर प्रयोजनका लागि) पारित गर्नेछ ।

बोनस शेयर वितरणपछि कायम हुन आउने चुक्ता पूँजीको ४ः१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत साधारण सभाले पारित गर्ने जनाइएको छ । साधारण सभा प्रयोजनका लागि माघ १३ गते संस्थाको शेयर दाखिला खारेज बन्द(बुक क्लोज) हुनेछ ।

यस वित्तीय संस्था अन्य उपयुक्त घ वर्गका वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिशनमा जान ती लघुवित्त संस्थासँग समन्वय गर्न तथा सो संग सम्बन्धित सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत साधारण सभाले पारित गर्नेछ ।

Advertisement

Advertisement

Advertisement