सार्वजनिक भयो ‘लप्पन छप्पन २’ को टिजर (भिडियोसहित)

Advertisement

काठमाडौं । अभिनेता सौगात मल्लको फिल्म ‘लप्पन छप्पन २’ को टिजर सार्वजनिक भएको छ । आगामी बैशाख १२ रिलिज मिति तोकिएको फिल्म टिजरमा चलचित्रका केही मुख्य अंशहरु समेटिएका छन् ।

मुकुन्द भट्टको निर्देशनमा बनेको यस फिल्मको टिजरमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा र अनुपविक्रम शाही देखिएका छन् । १ मिनेट २३ सेकेण्ड लामो टिजरमा एक्सन दृश्यले प्रथामिकता पाएको छ । टिजरमा कलाकारको एक्सन देख्न सकिन्छ । टिजरमा हेर्दा फिल्म पैसाको चलखेलको बिषयमा आधारित रहेर निर्माण भएको अनुमान गर्न सकिन्छ ।

टिजरमा जालझेल र बदलाको कथा देखिएको छ । बैशाख १२ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको यस फिल्ममा सबै कलाकार फरक अवतारमा देखिएका छन् ।

https://www.youtube.com/watch?v=OvImPGQxnQQ&feature=emb_title

Advertisement

Advertisement

Advertisement