चलचित्रमा महिला जस्तै पुरुष पनि पीडित छन् तर पीडा नदेखाएका मात्रै हुन्: रेखा थापा

Advertisement

काठमाडौं । नायिका रेखा थापाले नेपाली चलचित्र क्षेत्रमा महिला जत्तिकै पीडित पुरुष पनि भएको बताएकी छिन् । उनले पुरुष कलाकार पनि आर्थिक रुपमा शोषणमा परेको बताएकी हुन् । काठमाडौंमा आयोजना भएको संचारकर्मी डीबी खड्काको पुस्तक ‘नियत’को विमोचन समारोहमा बोल्दै थापाले भनिन् – महिलाहरु योन शोषणमा परेका होलान तर पुरुषहरु आर्थिक शोषणमा परेका छन्’ । यहाँ नायिका बन्ने क्रममा युवतीहरू जति शोषित छन, नायक बन्ने क्रममा युवाहरू पनि त्यत्तिकै शोषित हुने गरेको आफूले पाएको रेखाले बताएकी छिन् ।

बाल्यकालदेखि नै आफू हक्की स्वभावको भएको र नारी भएका कारण आफूलाई सुरक्षित राखेर मात्र हरेक काम गर्ने भएकाले चलचित्र क्षेत्रमा कहिल्यै पनि शारीरिक शोषणको सिकार हुनु नपरेको पनि रेखाले बताएकी छन्, ‘मेरा हरेक फिल्ममा आफैं हिरोको रूपमा प्रस्तुत हुन्छु । रेखाले पुरुषलाई पनि महिलाले विभिन्न तरिकाबाट हिंसा गरेको बताइन् । उनले भनिन्–‘म महिलावादी भएपनि पुरुषको बिषयमा पनि वकालत गर्न चाहन्छु । पुरुष र महिला भनेर छुट्याउनु भन्दा पनि ‘मानव’को रुपमा विश्लेषण गर्नुपर्छ ।’

अर्की अभिनेत्री स्वस्तिमा खड्काले पनि पुस्तक नियतमा लेखिएको जस्तो शारीरिक शोषणको समस्या आफूले भोग्नु नपरेको बताइन्, ‘चलचित्रमा नायिका बन्नुअघि केही म्युजिक भिडियोमा काम गर्दा घुमाउरो पाराले केही व्यक्तिले यौनजन्य कुरा गरेका थिए । मैले नचिनेको ती मान्छेलाई बिर्सिसकें र उनीहरूको नियतबाट म टाढै रहें ।’

अर्की अभिनेत्री लक्ष्मी बर्देवाले कास्टिङ क्राउचको सिकारबाट आफ्नै होसियारीले जोगिएको जिकिर गरिन् । सबै जना नयाँ कलाकार भएको एउटा चलचित्रबाट उनलाई नायिकाको प्रस्ताव सुरुका दिनमा आएको थियो ।

संचारकर्मी डीवी खड्काको पुस्तकको विमोचन नायिकाहरु रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी वर्देवाले गरेका थिए । सञ्चारकर्मी नारायण अमृतले पुस्तकबारे समीक्षात्मक टिप्पणी गरेका थिए ।

Advertisement

Advertisement

Advertisement