अक्वा मिनरल पानीको अनुगमन, कम्पनीलाई एक लाख रुपियाँ जरिवाना

Advertisement

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अक्वा मिनरल प्रालिलाई एक लाख रुपियाँ जरिवाना लगाएको छ । बालाजुस्थित अक्वा मिनरलको कारखानामा सोमबार गएको अनुगमन टोलीले अनुगमन गर्दा फयाक्ट्री मूल्य नराखेको फेला परेपछि तत्काल एक लाख रुपियाँ जरिवानासहित कारबाही गरिएको हो ।

विभागले अनुगमन गर्दा फयाक्ट्री मूल्य नराखेको पाइएकाले एक लाख जरिवाना लगाएको हो । उद्योगले उत्पादनको फयाक्ट्री मूल्य सूची अनिवार्य रुपमा राख्नुपर्छ । अनुगमनका क्रममा कतिपय मिनरल वाटर उद्योग दर्ता नभएको समेत भेटिएको छ । विधिसम्मत ढंगले संचालनमा नरहेका पानी उद्योगहरुलाई अनुगमन टोलीले तत्काल प्रक्रिया पूरा गर्न पनि सचेत गराएको छ ।

आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा पनी वितरण गर्दा लेवल नभएको सानो बोतलमा मन्त्री र सचिवकै अगाडि फेला परेको थियो । सो ब्रान्डको पानीमा उत्पादन, उपभोग्य र व्याज नम्बर नभएको फेला परेपछि मन्त्रालयले आवश्यक कारवाही गर्नका लागि विभागलाई जिम्मा लगाएको थियो ।

AQUA100

Advertisement

Advertisement

Advertisement