सिंहदरबार स्थित पुरानो प्रतिनिधि सभाको भवन भत्काउन विकास समितिको निर्देशन

Advertisement

काठमाडौँ । भूकम्पले क्षति पुर्याएको सिंहदरबार परिसर स्थित पुरानो प्रतिनिधि सभाको भवन(ग्यालरी बैठक) भत्काउन संसदीय समितिले शहरी विकास मन्त्रालय र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभा अन्तरगतको विकास तथा प्रविधि समितिमा मंगलबार भएको छलफल पछि सभापति कल्याणी खड्काले यस्तो निर्देशन दिएकी हुन् । ‘उक्त भवन भत्काउनू र सो स्थानमा निर्माण हुने नयाँ संरचना पुरानै स्वरुपमा बनाउनू’– सभापति खड्काले निर्देशन दिइन् ।

मंगलबार उक्त विषयमा भएको छलफलमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव शिवहरी शर्मा र शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीको उपस्थिति रहेको थियो । भूकम्पपछि उक्त भवन क्षतिग्रस्त भई हाल प्रयोगविहीन अवस्थामा रहेको छ ।

Advertisement

Advertisement

Advertisement