कुम्भेश्वर माविको सुविधा सम्पन्न भवन उद्घाटन

Advertisement

काठमाडौँ । जापानी सहयोगी निकाय जाइकाको सहयोगमा निर्माण भएको नुवाकोटको शिवपुरी ७ सुनखानी स्थीत कुम्भेश्वर माध्यामिक विद्यालयको १२ कोठे पक्की भबन तथा रुम टु रिडद्धारा निर्माण गरिएको पुस्तकालयको संयुक्त रुपमा उद्घाटन गरिएको छ । ३ करोड ४० लाखको लगानीमा निर्माण भएको उक्त भवनको मंगलबार नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पुर्व शिक्षा मन्त्री अर्जुन नरसिंह केसी उद्घाटन गरेका हुन् ।

भवन उदघाटन गदै नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व शिक्षामन्त्री अर्जुन नरसिंह केसीले आधुनिक भौतिक संरचनासंगै विद्यालयले विश्व प्रतिष्पर्धी शिक्षामा जोड दिनुपर्ने बताए । कार्यक्रममा नेपाली काँग्रेस नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसीले आफैले गरेको प्रतिबद्धताबाट पछि हटेर कम्युनिष्ट सरकार ढाँच, छल र कपटको राजनीतिमा लागेको आरोप लगाए ।

कार्यक्रममा शिवपुरी गाँउपालिकाका अध्यक्ष रामकृष्ण थापाले गाँउपालिकाले निजि विद्यालयहरुप्रति समुदायको आर्कषण कम गराउन सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाको बिकासमा लागि परेको बताए । कार्यक्रममा शिवपुरी गाँउपालिकाकी उपाध्यक्ष मञ्जु केसीले गाँउपालिकाले कृषि, पर्यटन र सामुदायीक बिद्यालयको शैक्षिक स्तरको गुणात्मक बिकासमा लागि परेको बताइन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेसन नुवाकोटका अध्यक्ष रमेशकुमार पाठकले चौतारोबाट सुरु भएको विद्यालय हाल आएर तीन तले सुविधा सम्पन्न भबन निर्माण हुनु खुशीको कुरा भएको बताए । शिवपुरी गाँउपालिका ७ का वडा अध्यक्ष माधब भेटुवालले काँग्रेस नेता अर्जुन नरसिंह केसीको पहलमा सुनखानीमा धेरै बजेटहरु बिनियोजन भएको स्मरण गर्दै विद्यालयको भबन निर्माण उहाँबाटै हुनु निकै ठूलो अवसर रहेको बताए । बिद्यालयका प्रधानाध्यापक राजनप्रसाद थपलियाले सामुदायिक विद्यालयहरुले एउटा कामको लागि भनेर रकम ल्याएर निजि श्रोतका शिक्षकको तलब खुवाउनुपर्ने बाध्यता रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वरप्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रजातान्त्रिक बिचार समाजका अध्यक्ष डा. केदारनरसिंह केसी, नेपाली काँग्रेस शिवपुरी काठमाण्डौं सम्पर्क समाजका अध्यक्ष मुकुन्द पाण्डे, नेपाली काँग्रेस नुवाकोटका नेताहरु गोबिन्द थपलिया, कृष्ण कुइकेल, गैर सरकारी संस्था महासंघ नुवाकोटका अध्यक्ष मिनकुमार केसी, विद्यालयका पुर्व प्रधानाध्यापकहरु यादबराज पाण्डे र श्यामप्रसाद पाण्डे लगायतको आतिथ्य रहेको थियो ।

Advertisement

Advertisement

Advertisement