धितोपत्र बोर्डका अध्यक्षले भेटे अर्थमन्त्री, के के भयो कुरा ?

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले अर्थमन्त्रीलाई भेटेका छन् । अध्यक्ष ढुंगानाले बुधबार बोर्डको उच्च तहका कर्मचारीसहित अर्थमन्त्रालय पुगेर अर्थमन्त्रीसँग भेट गरेका हुन् ।

भेटका क्रममा पुँजी बजारको दिगो विकासबारे छलफल भएको श्रोतले बतायो । भेटमा अर्थमन्त्री समक्ष अध्यक्ष ढुंगानाले पुँजी बजार सम्बन्धी ऐन, कानुन, नियमावली र कार्यविधिहरुमा आवश्यक संसोधनबारे प्रस्तुतिकरण गरेका थिए । उनले पुरानो कानुन, नियमावली र कार्यविधीहरुलाई तत्कालै संसोधन गरेर बजारको दिगो विकासमा लाग्नुपर्ने धारणा राखेका थिए ।

हाल धितोपत्र सम्बन्धी ऐन संसदको अर्थ समितिमा छलफलका क्रममा रहेको छ । त्यस बाहेक पुँजी बजारसँग सम्बन्धित केहि व्यवस्था रहेका अन्य ऐनहरु पनि संसद र संसदिय समितिहरुमा पुगेका छन् ।

बैंकलाई ब्रोकर लाईसेन्स, कमोडिटी मार्केट्सलाइए लाइसेन्स, ब्रोकर कमिसन, रियल सेक्टरलाई पुँजी बजारमा आकर्षित गर्ने उपाय लगायतबारे छलफल भएको थियो । अर्थमन्त्री डा. खतिवडाले आफु पनि पुँजी बजारको दिगो विकास गर्ने पक्षमा रहेको बताएका थिए । उनले आफुलाई पुँजी बजार बिरोधीको आरोप लगाउनेहरु नै सहि अर्थमा पुँजी बजार बिरोधी भएको धारणा समेत राखेका थिए ।

बोर्डमा अध्यक्ष नियुक्त भएको अर्थमन्त्रीले ढुंगानालाई बधाई दिएका थिए भने ढुंगानाले बोर्डको नेतृत्वका लागि योग्य सम्झिएकोमा धन्यवाद समेत दिएका थिए ।

Advertisement

Advertisement

Advertisement