वैदेशिक रोजगारीमा गएकाहरु फर्किए भने व्यवस्थापन गर्न निजीक्षेत्र तयार हुनुपर्छः राष्ट्रपति

Advertisement

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले संवृद्ध नेपाल बनाउने वर्तमान सरकारको प्रयासलाई सफल पार्न चेम्बर अफ कमर्शका पदाधिकारी एवं सदस्यहरुलाई आग्रह गरेकी छन् ।

चेम्बरको ६९औं वार्षिक साधारणसभा, चेम्वर दिवस २०७६ तथा ७० वर्ष प्रवेशको अवसरमा आफूसँग भेट गर्न राष्ट्रपति कार्यालय आएका देशभरका चेम्बरका पदाधिकारी एवं सदस्यहरुलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले भनिन्, ‘हाम्रो शक्ति के हो ? त्यो पहिचान गरौं र हामीसँग के छ ? त्यो दिने हो र हामीसँग के छैन ? त्यो लिने हो ।’

नेपालले आफ्नो शक्तिमा आधारित अर्थतन्त्रको विकास गर्नुपर्छ भन्दै स्वाधिन अर्थतन्त्र निर्माणको दिशातर्फ उन्मुख हुन सरकारको प्रयासलाई सहयोग गर्न आग्रह गरिन् । दीगो सिकासमा जान अरुसँग नभएको तर हामीसँग मात्र भएकोलाई सिकास गरौं भन्दै राष्ट्रपति भण्डारीले बजारलाई टाढा जानु पर्दैन, हाम्र्रै छिमेकीहरु छन् भनिन् ।

अबको चुनौति भनेको बैदेशिक रोजगारीमा गएका नेपालीहरु स्वदेशमा फर्किएमा उनीहरुको व्यवस्थापन गर्न यसको लागि अहिले देखि नै प्रयासरत हुन जरुरी छ भन्दै उनले यसको महत्वपूर्ण जिम्मेवारी निजी क्षेत्रको हो भनिन् ।

चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले चेम्वरले ७० वर्षको अवधिमा निजी क्षेत्रको सशक्तिकरणको लागि निर्वाह गरेको भूमिकाबारे प्रकाश पारेका थिए । उनले चेम्वरको संरचना तथा अन्तर्राष्ट्रिय व्यवसायिक सम्वन्ध र त्यसबाट मुलुकले प्राप्त गरेको लगानी तथा व्यापारको लागि भएको योगदानबारे पनि प्रष्ट बोलेका थिए ।

श्रेष्ठले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न जिल्लास्तर तथा नगरस्तरबाट समेत चेम्वरको तर्फबाट सक्दो भूमिका निर्वाह गर्ने बताउँदै व्यवसाय सञ्चालन खर्च बढिरहेकोले आफूहरुलाई चुनौति भएको बताएका थिए । संघीय प्रणालीपछि करको दरमा एक रुपता नभएकोले एकीकृत कर प्रणाली लागू गरिनु पर्ने उनको जोड थियो ।

Advertisement

Advertisement

Advertisement