साढे चार करोड रुपियाँ दुरुपयोग गर्ने शाखा प्रबन्धकसहित ८ जना बिरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौँ । चार करोड ४२ लाख रुपियाँ हानी नोक्सानी गर्ने कृषि बिकास बैंक, न्यूरोड शाखाका तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेल र नेपाली सेनाका अवकाशप्राप्त सहायक रथी रमेशराज बिष्टसमेत ८ जना बिरुद्ध मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

कृषि विकास बैंक, न्यूरोड शाखाकी कर्मचारी दिपिका रेग्मीसमेतले बैंकको ४ करोड ४२ लाख ७३ हजार ६११ रुपियाँ गैर कानूनी ढंगले हानिनोक्सानी तथा दुरुपयोग गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।

सोही उजुरीका आधारमा अनुसन्धान हुँदा आरोपीहरु दिपिका रेग्मी, प्रेमहरी ढुंगेल, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, रमेशराज बिष्ट र प्रकाश घतानीसमेतले एक आपसमा सरसल्लाह, सहमति र मिलेमतो गरी कृषि विकास बैंक, बैंकिङ मूख्य शाखा कार्यालय, न्यूरोडवाट अनधिकृत रुपमा रकम निकाली आफूहरुले लिने र खाईमास्ने उद्देश्यले बैंकलाई हानिनोक्सानी गर्ने गराउने योजना बनाएको पाइएको छ ।

आयोगका प्रवक्ता कोइरालाका अनुसार अभियुक्तहरुले कृषि विकास बैंकमा रहेको रकम झिक्ने र राख्ने कार्यमा बिभिन्न प्रकृयाहरु मिलाउने र निकालिएको उक्त रकम भाग लगाई हिस्सा लिने खाने, लाभ प्राप्त गर्नेसमेतको कार्य गरेको पाइएको छ ।

बैंकका तत्कालीन प्रबन्धक ढुंगेलले आफूले निरीक्षण, सुपरिवेक्षण गर्नुपर्ने कार्यलाई चासो नदिई दिपिका रेग्मीले गरेको अनियमिततामा आफूसमेत संलग्न रहि उक्त रकम बाँडिचुँडी आएको आयोगले ठहर गरेको छ । खाईमासी बैंकलाई हानिनोक्सानी पुर्‍याई तथा बैंकमा बिभिन्न व्यक्तिहरुको नाममा प्राप्त भएका एकाउन्ट पेयी चेकहरु इसीसीका माध्यमवाट सम्बन्धित व्यक्तिहरुको खातामा जम्मा गरी सोही चेकहरुमा भएको विवरणहरु सच्याई गलत प्रतिवेदन पठाई एक पटक प्रयोग भई सकेको चेकलाई पुनः प्रयोग गरेको पाइएको छ ।

सोही बैंककी कर्मचारी दिपिका रेग्मीले अथोराइजकाका लागि गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे समक्ष पेश गरेकोमा उनीहरुले पुनः प्रयोग गरेको चेक नहेरी सच्याइएको कागजातहरु मात्रैका आधारमा उक्त चेक सदर गरेको देखिएवाट यी सबै व्यक्तिहरुको मिलेमतोमा राष्ट्र बैंकको निर्देशिका विपरित चेक क्लियरिङको काम गरी प्राप्त रकम भागबण्डा गरेको अनुसन्धानबाट खुलेको छ ।

अभियुक्तहरुले उक्त रकम गैरकानूनी दुरुपयोग गरी नेपाल सरकारलाई हानिनोक्सानी गरेको पुष्टी हुन आएकोले अभियुक्तहरुलाई सजायको माग दाबी सहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।



































































सि.नं. पद, नामथर कार्यालय बिगो रु. कसुर र मागदाबी
 टेलर सहायक दिपिका रेग्मी कृषि विकास बैंक, मूख्य शाखा कार्यालय, न्यूरोड रु.४,२४,१३,६११।४५ निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निजले कृषि विकास बैंक न्यूरोड शाखाको हानिनोक्सानी गरेको रकम बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय गरी ऐ. ऐनको दफा १७ बमोजिम हानिनोक्सानी गरेको बिगो रकम असुलउपर हुनसमेत मागदाबी लिइएको छ ।
 तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेल रु.४,२४,१३,६११।४५
ऋण शाखा प्रमुख गोपाल गिरी  ” रु.२,६१,१९,४१५।-
तत्कालीन ऋण अधिकृत अवकाश प्राप्त सलिल रेग्मी  ” रु.१,१०,३३,१९६।४५
ऋण शाखा प्रमुख महेश्वर मरहट्ठा  ” रु.६७,२१,०००।- निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले कृषि विकास बैंक न्यूरोड शाखाको हानिनोक्सानी गरेको रकम बिगो कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (ज) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हानिनोक्सानी गरेको रकम असुलउपर हुनसमेत मागदाबी लिइएको छ ।
तारानाथ पाण्डे  ” रु.४,००,०००।- निजले भ्रष्टाचार निवारण ऐन, २०५९ दफा १७ बमोजिमको कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले कृषि विकास बैंक न्यूरोड शाखाको हानिनोक्सानी गरेको रकम बिगो कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय गरी सोही ऐनको दफा १७ बमोजिम हानि नोक्सानी गरेको रकम असुलउपर हुनसमेत मागदाबी लिइएको छ ।
अवकास प्राप्त सहायक रथी रमेशराज बिष्ट  रु.४,२४,१३,६११।४५ निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरको मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिम हानिनोक्सानीको बिगो कायम गरी मूख्य आरोपी दिपिका रेग्मीलाई भएसरह भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
संचालक प्रकाश घतानी  दुर्गा ज्वेलर्स रु.२,६७,७५,४३५।- निजले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को कसुरको मतियार हुने कार्य कसुर गरेको पुष्टि हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांशमा उल्लेख भए बमोजिम हानि नोक्सानीको बिगो कायम गरी निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ ले निर्देश गरेबमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र ऐ. दफा ३ को उपदफा (१) को खण्ड (झ) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।



Advertisement

Advertisement

Advertisement