आम्दानीवापत कति कर तिरेको छ ? त्यसको प्रमाण हेरेर मात्रै अब ऋण देउः राष्ट्र बैंक

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले करचुक्ता प्रमाणपत्रको आधारमा ऋणीको कुल आय गणना गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंक मंगलबार एकीकृत निर्देशन २०७६ मा संशोधन गर्दै ऋणीको वार्षिक कुल आय गणना गर्न करचुक्ता प्रमाणपत्रलाई आधार बनाउन निर्देशन दिएको हो ।

अब बैंक वित्तीय संस्थाहरुले ऋण प्रवाह गर्दा ऋणीको आम्दानी गरेवापत कर चुक्ता गरेको वा कर दाखिला गरेको प्रमाण हेरेर निजको वार्षिक कुल आय गणना गर्ने सोका आधारमा ऋण दिनुपर्नेछ । बैकरहरुले उक्त व्यवस्थाको विरोध जनाउँदै आए पनि राष्ट्र बैंकले भने आर्थिक कारोबारलाई पारदर्शी र व्यवस्थित गर्दै लैजान यस्तो व्यवस्था लागू गर्नुपरेको बताउँदै आएको छ ।

त्यस्तै, राष्ट्र बैंकले अन्तर बैंक ऋणलाई कर्जा, स्रोत परिचालन अनुपात (सीसीडी)मा गणना गर्न नपाइने र तरलता सम्बन्धी जोखिमलाई न्यूनीकरण गर्ने उदेश्यले स्रोत परिचालनमा स्वदेशी मुद्रामा प्रवाह भएको कर्जा सापटको अनुपात ८० प्रतिशत नाघ्न नहुने गरी सीमा तोकिएको छ । तर कुनै बैंक तथा वित्तीय संस्थाले पुर्नकर्जा उपयोग गरेको भएमा सो रकम यस प्रयोजनको लागि कर्जा सापटबाट घटाउन सकिनेछ ।

Advertisement

Advertisement

Advertisement