प्रहरीले ‘टेलिफोन ट्रयाक’ गर्ने मेशिन किन्न आट्यो

Advertisement

काठमाडौं । सरकारले सर्वसाधारणको ‘टेलिफोन ट्रयाक’ गर्ने प्रणाली खरिद गर्ने प्रक्रिया अघि बढाएको छ। योे प्रणाली खरिदको मुख्य उद्देश्य निश्चित भूस्थिति पत्ता लगाउनु र लक्षित मोबाइल फोन प्रयोगकर्तालाई ट्रयाक गर्नु हो। यसलाई ‘सिम लोकेटर सिस्टम’ भनिएको छ।

नेपाल प्रहरीअन्र्तगतको केन्द्रीय अनुसन्धान ब्युरोले गत मंसिर १६ मा टेलिफोन ट्रयाकिङ गर्ने प्रणाली खरिद गर्न विद्युतीय बोलपत्र आह्वान गरिसकेको छ। राष्ट्रिय अनुसन्धान विभागलाई ‘फोन ट्यापिङ’ गर्न सक्ने प्रस्तावित व्यवस्थाको विरोध भइरहेकै पृष्ठभूमिमा ‘टेलिफोन ट्रयाक’ मेसिन खरिद प्रक्रिया अघि बढेको हो। यो प्रक्रियाको दुरुपयोग हुन सक्ने आशंका गरिएको छ।

सरकारले ट्रयाकिङ प्रणाली खरिद निम्ति माघ १५ गतेसम्म कागजपत्र बुझाउनु भन्दै बोलपत्र आह्वान गरेको हो। यो प्रणालीको स्थापना, वितरण, परीक्षण र कार्यसम्पन्न ९० दिनभित्र हुनुपर्ने बोलपत्रमा उल्लेख छ। यो प्रणाली सीआईबीअन्तर्गत रहने बोलपत्रमा उल्लेख छ। यो प्रणालीमा रेकर्ड गरिएको सबै प्रतिक्रिया कम्तीमा ६ महिनासम्म भण्डारण वा संरक्षित गर्न सकिन्छ। यो प्रणालीले व्यक्तिको सही अवस्था कम्तीमा ५ मिनेटको शुद्धताका साथ फेला पार्नसक्छ।

अन्नपूर्ण पोष्ट दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement