माघको सुरुकै दिनमा सुनको मूल्य प्रतितोला सात सयले बढ्यो

Advertisement

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ७४ हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज सात सय रुपियाँले बढेर प्रतितोला ७४ हजार सात सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ६३ हजार ७९० रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापाढवाला सुनको मूल्य ६४ हजार ४५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६३ हजार ७९० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८८५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७५९ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement