मिथिला लघुवित्त सञ्चालक समितिको अध्यक्षमा श्यामप्रसाद साह चयन

Advertisement

काठमाडौँ । ढल्केबर धनुषामा केन्द्रीय कार्यालय रहेको मिथिला लघुवित्त वित्तीय संस्था सञ्चालक समितिको अध्यक्षमा श्यामप्रसाद साह चयन भएका छन् ।

मंगलबार सम्पन्न ११औँ वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीतर्फका ४ जना सञ्चालक चयन भएपछि बसेको सञ्चालक समितिको बैठकले साहलाई अध्यक्षमा चयन गरेको हो ।

त्यसैगरी संस्थापक शेयरधनीबाट संस्थाको सञ्चालकहरुमा फगुनी महतो कोइरी, किशोरी साह, शिवप्रसाद साह, सर्वसाधारण शेयरधनीबाट सरोजकुमार सिंह, मनोजकुमार साह र स्वतन्त्र सञ्चालकबाट केशवराज आचार्य चयन भएको कम्पनी सचिव महेशकुमार चौधरीले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement