आईसीएफसी फाइनान्सको सर्वसाधारण समूहबाट ३ जना सञ्चालक चयन

Advertisement

काठमाडौँ । आईसीएफसी फाइनान्सको सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालक चयन भएका छन् ।

मंगलबार काठमाडौँमा सम्पन्न १६औँ वार्षिक साधारण सभाले टंकराम गौतम, अच्युतराज आचार्य र हेमशिखा जोशीलाई सञ्चालकमा चयन गरेको कम्पनी सचिव लक्ष्मणप्रसाद जैसीले जनाएका छन् ।

सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुलाई ४ वर्षका लागि चयन गरिएको हो ।

Advertisement

Advertisement

Advertisement