नेपाल राष्ट्र बैंक, मुक्तिनाथ र देवः विकास बैंकबीच आरटिजिएस सम्झौता

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंक र मुक्तिनाथ विकास बैंक तथा देवःविकास बैंकबीच आरटिजिएस प्रणाली सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा नेपाल राष्ट्र बैंकको तर्फबाट कार्यकारी निर्देशक बमबहादुर मिश्र, मुक्तिनाथ विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र देवःविकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता पछि भुक्तानी प्रणालीमा सहजता आउने बैंकले जनाएको छ । मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथाकर्जा सेवाहरु प्रदानगर्दै आई रहेको छ ।

साथै, प्रविधिमा आधारित रहीमोबार्ईल बैंकिङ, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङलगायतका सेवाहरु पनि प्रदान गर्दै आई रहेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले बताए ।

Advertisement

Advertisement

Advertisement