सेन्चुरी छोडेर रञ्जन खड्का एनआईसी एसियाको सहायक महाप्रवन्धक नियुक्त भए

Advertisement

काठमाडौं । सेन्चुरी बैंकमा प्रमुख प्रवन्धकको रुपमा बजार प्रवद्र्धनको मुख्य जिम्मेवारी सम्हाल्दै आएका रञ्जन खड्का सेन्चुरी छोडेर एनआईसी एसिया बैंकमा सहायक महाप्रवन्धकको रुपमा प्रवेश गरेका छन् । उनले बुधबारबाटै एनआइसी एसियामा काम सुरु गरेका छन् ।

खड्कालाई एनआईसी एसियाका सीईओ रोशन न्यौपानेलगायतले स्वागत गरेका थिए । एभरेष्ट बैंकमा लामो समय काम गरेर करिव दुई बर्षअघि सेन्चुरीमा आएका खड्काले राम्रो अफर पाएपछि एनआईसी एसिया जम्प गरेका हुन् । उनी भलिबलका पूर्वखेलाडी पनि हुन् ।

एनआईसी एसियाले ग्लोबल आईएमईलगायतका बैंकबाट पनि कर्मचारी लैजाने तयारीमा रहेको स्रोतको भनाई छ ।

Advertisement

Advertisement

Advertisement