दक्षिण कोरियामा सन् २०१९ मा तीन लाख रोजगारी सिर्जना

Advertisement

सोल । दक्षिण कोरियामा गत वर्ष सन् २०१९ मा तीन लाखसम्म रोजगारी सिर्जना भएको पाइएको छ । अघिल्लो वर्षको तुलनामा यो संख्या तीन गुणा बढी भएको पनि बुधबार सार्वजनिक गरिएको सरकारी तथ्याङ्कले देखाएको छ । तथ्याङ्कमा बेरोजगार दर भने ३.८ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

कोरियामा सन् २०१९ मा रोगजारमा आवद्धहरुको संख्या दुई करोड ७१ लाख २३ हजार रहेको थियो । सन् २०१९ मा रोजगारीको संख्यामा लगातार बृद्धि हुदै आएको समाचारमा जनाइएको छ । बेरोजगार भएकाहरुको संख्या भने सन् २०१९ मा कुल १० लाख ६३ हजार रहेको तथ्याङ्कमा देखाइएको छ ।

Advertisement

Advertisement

Advertisement