ऋण माग्ने घटे ! ४४ अर्ब निक्षेप बढ्यो, कर्जा जम्मा २९ अर्ब

Advertisement

काठमाडौं । बैंक तथा वित्तिय संस्थाहरुमा निक्षेप थुप्रिन थालेको छ । २७ वटा बाणिज्य बैंकहरुले पछिल्लो २५ दिनमा ४४ अर्ब रुपैयाँले निक्षेप वृद्धि गरेका छन् । तर कर्जा भने जम्मा २९ अर्ब रुपैयाँले मात्रै बढेको देखिन्छ ।

मंसिर ३० देखि पुस २५ गतेको अवधीमा बाणिज्य बैंकहरुको निक्षेप २९ खर्ब ९२ अर्बबाट बढेर ३० खर्ब ३६ अर्ब पुगेको छ । जुुन २५ दिनको अवधीमा ४४ अर्बले वृद्धि भएको हो ।

सोही अवधीमा कर्जा भने जम्मा २९ अर्बले मात्रै वृद्धि भएको हो । ३० मंसिरमा बाणिज्य बैंकहरुले २६ खर्ब ६६ अर्ब कर्जा लगानी गरेका थिए । तर त्यो आंकडा २५ पुसमा आईपुग्दा जम्मा २९ अर्बले बढेर २६ खर्ब ९५ अर्ब मात्रै पुगेको छ ।

नेपाल राष्ट्र बैंकले व्यक्तिगत प्रकृतिका आवधिक कर्जामा कडाई गरपछि कर्जा प्रवाह घटेको बैंकरहरु बताउँछन् ।  राष्ट्र बैंकले घर कर्जा तथा सवारी कर्जाका लागि कुल मासिक आम्दानीको ५० प्रतिशत मासिक किस्ता हुने गरि मात्रै कर्जा प्रवाह गर्न पाइने व्यवस्था ल्याएको छ ।

त्यसमा पनि ऋणीले आफ्नो कुल मासिक आम्दानीमा कर चुक्ता प्रमाणपत्र समेत पेश गर्नुपर्नेछ ।

Advertisement

Advertisement

Advertisement