कुमारीले देव विकास बैंकलाई गाभ्ने, सम्झौतामा भयो हस्ताक्षर

Advertisement

काठमाडौँ । कुमारी बैंक लिमिटेडले देव विकास बैंकलाई प्राप्ती गर्ने भएको छ । बुधबार एक समारोहका बीच एक्वीजेसन सम्बन्धी सम्झौतामा हस्ताक्षर सम्पन्न भएकोे हो ।

समझदारीपत्रमा दुबै बैंकका मर्जर समितिका संयोजकहरुले हस्ताक्षर गरेका छन् । कुमारी बैंक र देव विकास बैंकका तर्फबाट बैंकका संचालक समितिका सदस्य एवं मर्जर समितिका संयोजकहरु कृष्णप्रसाद ज्ञवाली तथा भरतबहादुर हमालले हस्ताक्षर गरेका हुन् ।

देवलाई प्राप्ति पछि बैंकको चुक्ता पूँजी १२ अर्ब ५० करोड भन्दा बढी, निक्षेप १ अर्ब २० अर्ब तथा ऋण लगानी १ खर्ब ५ अर्ब भन्दा बढी हुने भएको छ । कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रूपैयाँ छ भने देवको ३ अर्ब १७ करोड रूपैयाँ छ।

यसअघि कुमारी बैंकले काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काक्रे विहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्सलाई गाभेको थियो । कुमारी बैंकको १०० रूपैयाँ प्रतिकित्ता र देव विकास बैंकको ८६ रूपैयाँ प्रतिकित्ता शेयर मूल्य हुनेछ ।

Advertisement

Advertisement

Advertisement