अजय देवगनको ‘तानाजी’ले रिलिजको छैटौँ दिनमा कमायो सय करोड भारु

Advertisement

मुम्बई । शुक्रबार रिलिज भएको हिन्दी फिल्म ‘तानाजी’ ले वक्सअफिसमा सय करोड भारु कमाइ गरेको छ। अजय देवगन–सैफअलि खान– काजोलको ‘तानाजी’ले चार दिनमा करीब ७५.६८ करोड कमाएको थियो।

उक्त फिल्मले १२ करोडको व्यापार गरेका थियो । बजार बिश्लेषकहरुले यही अनुपातमा गए 'तानाजी' पहिलो हप्ता नै सय करोड क्लबमा प्रवेश गर्ने अनुमान गरेका थिए । त्यस्तै, नभन्दै तानाजीले रिलिजको छैटौँ दिनमा सय करोड भारूको आँकडा पार गरेको हो।

रिलिजको साता दिन पुग्नु अगावै सय करोड पार गर्ने ‘तानाजी’ यस वर्षको पहिलो सिनेमा हो। सिनेमामा अजयले तानाजी मलुसरेको भूमिकामा काम गरेका छन्। सिनेमालाई ओम राउतले निर्देशन गरेका हुन्। सिनेमा १५० करोड भारुको लागतमा तयार भएको हो।

https://www.youtube.com/watch?time_continue=64&v=6oRSN0EKPh4&feature=emb_title

Advertisement

Advertisement

Advertisement