ज्योति रेमिटको प्रमुख भुक्तानी साझेदारमा जीएमई रेमिट नियुक्त

Advertisement

काठमाडौं । ज्योति विकास बैंक अन्तर्गतको ज्योति रेमिटको प्रमुख भुक्तानी साझेदारको रुपमा जीएमई रेमिट नियुक्त भएको छ।
रेमिट सेवालाई ग्राहकवर्गको लागि अझ सहज बनाउने उद्देश्यले ज्योति विकास बैंकले उक्त साझेदारी गरेको छ।

सम्झौता पत्रमा ज्योति विकास बैंकका तर्फबाट बैंकका नायब महाप्रबन्धक सुशील कुमार शर्मा तथा जीएमई रेमिटको तर्फबाट जीएमई रेमिटका सिओओ प्रमोद सिंह बस्नेतले हस्ताक्षर गरेका छन्।

यस सम्झौतापछि ज्योति रेमिटबाट पठाइएको रकमलाई नेपालभरी जीएमईका कुनै पनि एजेन्ट बाट भुक्तानी लिन सकिन्छ। जीएमईको नेपालभर रहेका ७ हजार ५ सय भन्दा बढी भुक्तानी प्रतिनिधि तथा उपप्रतिनिधिहरुमार्फत ज्योति रेमिटको सेवा ग्राहकले प्राप्त गर्नेछन्।

हाल ज्योति विकास बैंकले १०२ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ४३ वटा एटिएममार्फत सेवा दिँदै आएको छ।

Advertisement

Advertisement

Advertisement