ग्लोबल रिचको शैक्षिक मेला भोलि अन्नपूर्ण होटलमा, अष्ट्रेलियाका २६ विश्वविद्यालय आउँदै

Advertisement

काठमाडौँ । ग्लोबल रिच नेपालको आयोजनामा शुक्रबार होटल अन्नपूर्ण दरबारमार्गमा शैक्षिक मेला आयाोजना गर्ने भएको छ । अष्ट्रेलियाका २६ विश्वविद्यालय एवं शैक्षिक संस्थाहरुको प्रतिनिधित्व रहने मेला बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ ।

एक हजारभन्दा बढि विद्यार्थीहरुको सहभागिता रहने अनुमान गरिएको मेलामा अष्ट्रेलियामा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरुले अष्ट्रेलियाका विभिन्न युनिभर्सिटिका प्रतिनिधिहरुसँग सिधै भेटघाट गर्नुको साथै युनिभर्सिटिका बारेमा प्रत्यक्ष छलफल गरी आफूले अध्ययन गर्न चाहेको विषयमा यथेष्ट जानकारी लिन सकिने ग्लोबल रिच नेपालका प्रमुख नारायण बजाजले बताए ।

अष्ट्रेलियाका विश्वविद्यालय आफै सहभागी मेलामा स्थानीय साझेदारहरुको खासै भूमिका नहुने बताउँदै सहजकर्ता र पुनस्थापकीय भूमिकाको रुपमा ग्लोबल रिचलेले काम गर्ने बताए । विद्यार्थीहरुले एजेन्टहरुसँग नभई सोझै विश्वविद्यालयका प्रतिनिधिहरुसँग कुरा गर्न र बुझ्नसक्छन् । मेलामा विद्यार्थीहरुले आफूले पढने इच्छा गरेको विषयमा छात्रवृत्तिलगायतका कुराहरु आफै बुझेर प्रक्रिया अघि बढाउन सक्ने भएकाले उनीहरुले भोलि पढन गइसकेपछि के हुने हो ? कस्तो हुने हो ? जस्ता अन्योलता नरहने बजाजको भनाई छ ।

जो विद्यार्थीहरु तयारीका साथ डकुमेन्ट लिएर आउँछन, उनीहरुले अन द स्पट एप्लिकेशन दिनसक्ने छन् । आफूहरुको मेलामा विद्यार्थीहरुलाई गलत सुचना नदिई सही सुचना र परामर्श दिइने बताउँदै ग्लोबल रिचले नेपाली विद्यार्थीहरुलाई स्वदेशमै विश्वविद्यालयहरुका प्रतिनिधि आएर उनीहरुमार्फत आफ्नो शैक्षिक क्यारियर पहिल्याउने र सोही एप्लाई गर्न पाउने भएकाले यस मेलाको विशेष महत्व रहेको जनाएको छ ।

Advertisement

Advertisement

Advertisement