सेयर बजारमा २६ अंकको उछाल, आज धेरै कारोबार गर्नेमा हिमालयन डिस्टिलरी

,   २ माघ २०७६, बिहीबार, ०३:२६ pm   
नेप्से
heli

काठमाडौं । साताको पाँचौँ दिन आज बिहीबार सेयर बजारमा उछाल आएको छ । आज सेयर बजार परिसुचक नेप्से २६ अंकले बढेर एक हजार ३१० दशमलव २३ कायम भयो भने कारोबार रकम एक अर्ब ६९ करोड ९९ लाख ९५ हजार १०७ रुपियाँको भयो ।

आज धेरै कारोबार गर्नेमा हिमालयन डिस्टिलरी रहेको छ । जसको कारोबार १४ करोड ३८ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा शिवम् सिमेन्ट रहेको छ । जसको कारोबार १३ करोड ५९ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज उत्पादनमूलक समूहको सूचकमा चार प्रतिशभन्दा धेरैको सुधार आएको छ भने उमाइक्रोफाइनान्स, जीवन बीमा, म्युचल फण्ड, होटल र ट्रेडिङ समूहको सूचकमा तीन प्रतिशतभन्दा धरैको सुधार भएको देखिन्छ । त्यस्तै, अन्य समूहको सूचकमा भने शून्य प्रतिशतभन्दा धेरैको गिरावट आएको छ । बाँकी रहेका अधिकाशं समूहको सूचकमा दुई प्रतिशतभन्दा धेरैको राम्रो सुधार आएको छ ।

त्यसैगरी, आज धेरै फाइदा खानेमा एनआईबीएल प्रगती फण्डका लगानीकर्ता रहेका छन् । कम्पनी दश दशमलव ०६ प्रतिशतले फाइदामा गएको छ । त्यसैगरी, धेरै घाटा व्यहोर्नेमा महिला सहयात्री माइक्रोफाइनान्सका लगानीकर्ता रहेका छन् । कम्पनी दुई दशमलव ६८ प्रतिशतले घाटामा गएको छ ।