राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले पाए सफाई

Advertisement

काठमाडौँ । राष्ट्र बैंकका निलम्बित डेपुटी गभर्नर शिवराज श्रेष्ठले सफाई पाएका छन् ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले डेपुटी गभर्नर श्रेष्ठलाई सफाई दिएको बताएका हुन् । मन्त्री परिषद्ले गरेको निर्णय बिहीबार सार्वजनिक गर्दै उनले भने-‘श्रेष्ठमाथि छानबिन भएको थियो, तर कैफियत फेला नपरेपछि सफाई दिने निर्णय भएको छ ।’

'छानबिन गर्दैमा कार्वाही गर्नुपर्छ भन्ने हुन्न, उजुरी परेपछि छानबिन गरेका थियौं, कैफियत नभेटेपछि सफाई दिएको हो'-पत्रकार सम्मेलनमा सञ्चार मन्त्री बास्कोटाले भने ।

एनसेललाई लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा सहयोग गरेको, रकम फुकुवा गर्ने सर्वोच्चको फैसला आइनपुग्दै व्यापारी अजेयराज सुमार्गीलाई साथ दिएको, बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा लुकाउन सहयोग गरेको, सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सूचना संकलन गर्न संयुक्त राष्ट्रसंघको सहयोगमा पाँच वर्षअघि लिइएको सफ्टवेयर प्रणाली लागु गर्न असहयोग गरेको लगायत आरोप उनीमाथि लागेको थियो ।

विभिन्न अनियमिततामा मुछिएपछि कार्तिक ३० मा बसेको मन्त्रिपरिषद् बैठकले उनीमाथि छानबिन गर्न राष्ट्र बैंकको सञ्चालक समितिलाई निर्देशन दिने निर्णय गरेको थियो ।

राष्ट्र बैंक सञ्चालक समितिले एक महिनाको म्याद तोकेर कात्तिक १८ गते सञ्चालक श्रीराम पौडेलको संयोजकत्वमा सञ्चालकहरु रामजी रेग्मी र सुबोधकुमार कर्ण सदस्य रहेको छानबिन समिति बनाएको थियो ।

यी समाचारहरु पनि पढ्नु होला ।

डेपुटी गभर्नर शिबराज श्रेष्ठमाथी छानबिन समिति गठन, परे स्वतः निलम्बनमा

एनसेल र सुमार्गीलाई सघाएको भन्दै डेपुटी गर्भनर श्रेष्ठलाई बर्खास्त गर्ने तयारीमा सरकार

डेपुटी गर्भनर श्रेष्ठबारे आज राष्ट्र बैंक सञ्चालक समितिले निर्णय गर्ने

शिवराज श्रेष्ठ दोषी हुँदा गर्भनर भने चोखो हुन सक्दैनन्ः पंगेनी

शिवराज श्रेष्ठमाथिको छानविन प्रतिवेदन भोलि पेश हुने, यस्तो छ सम्भावना

 

Advertisement

Advertisement

Advertisement