गो-एएमएलबारे गभर्नरको धारणा: सम्पति शुद्धीकरणका लागि ल्यायौं

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पति शुद्धीकरणको जोखिम निवारणका लागि गो-एएमएल प्रणाली कार्यान्वयनमा ल्याएको बताएको छ । माघ १ गतेबाट बाणिज्य बैंकहरुमा अनिवार्य लागु गरिएको गो-एएमएलले सम्पति शुद्धीकरण र आतंककारी क्रियाकलापमा वित्तिय लगानी निरुत्साहित गर्ने राष्ट्र बैंकले जनाएको छ ।

बिहिबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७७।७८ देखि सबै बैंक तथा वित्तिय संस्थामा गो एएमएल अनिवार्य लागु गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ । हाल संसारका ५० देशमा गो एएमएल कार्यान्वयनमा आईसकेको र ६० मुलुकहरु कार्यान्वयनको चरणमा रहेको पनि राष्ट्र बैंकले जानकारी दिएको छ ।

गभर्नरको कार्यालयले प्रेस विज्ञप्ति जारी गर्दै नेपालको वित्तिय प्रणालीमा अन्तराष्ट्रिय विश्वास जगाउन, सम्पति शुद्धीकरणको प्रतिवद्धता पुरा गर्न पनि गो एएमएल अनिवार्य भएको स्पष्ट पारेको छ ।

Advertisement

Advertisement

Advertisement