बुटवलमा जोन डियरको नयाँ शोरुम उद्घाटन

Advertisement

काठमाडौँ । एमभी दुगड ग्रुप अन्तरगतको विवेक अटोमोवाईल्स प्रालिले नेपालका किसानहरुका लागि देश भरिनै विभिन्न ठाउँँमा गरी २३ वटा शाखा र १८ वटा उप-शाखा खोली ७७ वटै जिल्लामा आफ्नो ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  यसैक्रममा गत मंगलवार विवेक अटो मोबाईल्स प्रालि तिलोतमा-२ जानकीनगर (बुटवल) मा रहेको क्षेत्रीय कार्यालय हाता भित्र खोलिएको जोन डियरको नयाँ शोरुम उद्घाटन गरेको छ ।

एमभी दुगड ग्रुपका मार्केटिङ्ग हेड नन्दकिशोर भट्ट र सर्भिस हेड अजीतकुमार मिश्राले संयुक्त रुपमा उक्त शो रुम उद्घाटन गरेका हुन् ।
सोही दिन २१ थान जोन डियर ट्रयाक्टर उक्त शाखाबाट बिक्री वितरण गरिएको कम्पनीले जनाएको छ ।सो अबसरमा ग्राहकहरुलाई ३२ इन्च टिभि उपहार स्वरुप प्रदान गरियो ।

आगामी दिनमा जाँन डियर ट्रयाक्टरको बिक्री नेपालमा पहिलो स्थान आउने र साथै सर्भिस, स्पेयर पार्टस, सेल्स, जुनसुकै समयमा उपलब्ध गराउने प्रतिवद्धताका साथ नेपालको कृषी क्षेत्रमा रहेको उत्पादनको संभावनालाई बढाउन यो ट्रयाक्टरबाट नै संभव रहेको रिजनल म्यानेजर लिलाराज वाग्लेले बताए । त्यसैगरी समारोहमा मार्केटिङ्ग हेड भट्टले कृषीको दुनियामा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने ट्रयाकटर, जोन डियर रहेको पनि वताए ।

अन्य ट्रयाक्टरको तुलनामा कम डिजल खपत हुने र आकर्षक रंग र डिजाइनले गर्दा अन्य भन्दा फरक देखिन्छ । नेपालमा यसको विक्री वितरण विवेक अटोमोवाईल्स प्रालिले गरिरहेको रहेको एमभी दुडग ग्रुपकी पीआर हेड बिमला थापाले बताइन् ।

Advertisement

Advertisement

Advertisement