कनेक्ट आइपिएसको मासिक कारोबार १० अर्ब रुपियाँ नाग्यो

Advertisement

काठमाडौं । नेपाल क्लियरिङ हाउसले सञ्चालन गर्दै आएको कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणालीमार्फत भएका मासिक कारोबार पुस महिनामा १२ अर्ब ५ करोड रुपियाँभन्दा बढि पुगेको छ ।

हाउसको लागि बैशाख, २०७५ बाट प्रारम्भिक सञ्चालनमा आएदेखि हालसम्मको सबैभन्दा बढि कारोबार भएको जनाइएको छ । यस आर्थिक वर्षको पुस मसान्तसम्म कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणालीमार्फत भएको (कारोबार संख्या) छ लाख ५० हजार १४२ रहेको र यो सेटलमेन्ट रकममा ४२ अर्ब ४८ करोड बराबर रहेको कम्पनीको भनाई छ ।

कारोबारमा भईरहेको वृद्धिले नेपालमा बैंक खातामा आधारित रियल–टाइम रिटेल भुक्तानी प्रणालीको स्वीकार्यता बढेको हाउसको भनाई छ । कनेक्ट आइपिएस ई–पेमेन्ट प्रणाली अनलाइन भुक्तानीको एकीकृत प्ल्याटफर्म हो । यसमा अनलाइन फण्ड ट्रान्सफर, पेमेन्ट प्रोसेसर (गेटवे), क्रेडिट कार्ड तथा बिल भुक्तानी लगायतका सुविधा उपलब्ध रहेका छन् ।

यस प्ल्याटर्फममा सदस्य बैंकका ग्राहकहरूले फण्ड ट्रान्सफरलगायत अन्य सेवाहरुमा सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोग आवेदन शुल्क भुक्तानी, कम्पनी रजिष्ट्रार कार्यालयको भुक्तानी, राहदानी शुल्क भुक्तानी, नागरिक लगानी कोषको भुक्तानी, सामाजिक सुरक्षा कोषसम्बन्धी भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, नेप्से अनलाईन ट्रेडिङ तथा सेयर ब्रोकरलाई भुक्तानी, ट्राभल एजेन्सी भुक्तानी, स्कुल तथा कलेज, इन्स्युरेन्स भुक्तानी, जस्ता कारेवारहरु गर्न सकिने व्यवस्था रहेको छ ।

Advertisement

Advertisement

Advertisement