राष्ट्रिय बाणिज्य बैंकको वार्षिक साधारण सभा माघ २४ गते, नगद लाभांश पारित गर्ने

Advertisement

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको तेह्रौँ वार्षिक साधारण सभा माघ २४ गते हुने भएको छ । विहीबार बसेको सञ्चालक समितिको बैठकले अपरान्ह २ बजे बैंकको दरबारमार्ग स्थित सभाहलमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार बैंकको हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश पारित गर्नेछ ।

अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि साधारण सभाले १ अर्ब ८ करोड पाँच लाख ७५ हजार ४ सय ८४ रुपियाँ नगद लाभांश पारित गर्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement