सुनचाँदीको मूल्य फेरी बढ्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार ७४ हजार सात सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक सय रुपियाँले बढेर प्रतितोला ७४ हजार आठ सय रुपियाँ नै कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ६४ हजार ५०० रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६४ हजार १३० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६३ हजार ८७५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८९० रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७६३ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement