पर्यटन र पूर्वाधारमन्त्रीलाई त्रितालको प्रश्न– देख्नासाथ तर्सिने राजधानी छ, पर्यटक आउँछन ?

Advertisement

काठमाडौं । पूर्वसचिव शारदाप्रसाद त्रितालले लक्ष्यअनुसार पर्यटक भित्राउने हो भने सडक पूर्वाधारमा सुधार गरी शहरलाई सफा बनाउन सुझाव दिएका छन् । बालुवाटारको सरकारी जग्गा अतिक्रमण प्रकरण सार्वजनिक गर्न आँट गरेसँगै एकाएक् चर्चामा आएका त्रितालले काठमाडौं शहरको अवस्था हेर्दा नै पर्यटक तर्सिने अवस्था रहेको भन्दै चिन्ता प्रकट गरेका छन् ।

उनले भ्रमण बर्ष २०२० सफल बनाउन पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई र भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङबीच समन्वय हुनुपर्ने बताउँदै भ्रमण वर्षमा पर्यटकहरुलाई आकर्षण गर्न पर्यटन पूर्वाधार राम्रो अवस्थामा रहनु जरुरी रहेको बताएका छन् ।

त्रिताल भन्छन्, ‘देशको एउटै मात्र अन्तर्राष्ट्रय विमानस्थल भएर आउने पर्यटकहरु राजधानी शहरको हालत देख्नासाथ तर्सिने अवस्था छ । देशको आर्थिक विकासमा पर्यटनको योगदान बढाउन धनी पर्यटकहरुको आगमन आवश्यक छ । विमानस्थलबाट उत्रिनासाथ गुणस्तरीय होटल र रमाइलो वातावरण खोज्छन् । गुणस्तरीय होटलमध्ये एक हो बौद्धस्थित हायात होटल । गौशालादेखि हायात होटलसम्म पुग्ने सडक कयौं वर्षदेखि वेहाल अवस्थामा छ । त्यो एरियाको वातावरण अत्यन्त दुषित छ ।’

काठमाडौं आएका पर्यटकमध्ये अधिकांश नगरकोटको दृष्य हेर्न जाने गरेको तर त्यहाँ जाने सडकको अवस्था पनि कैयौं वर्षदेखि दयनीय रहेको औंल्याउँदै उनले यस्ता उदाहरण थुप्रै रहेको बताएका छन् । त्रिताल भन्छन्– यस्तो स्थिति देखेर एउटा पर्यटकले कस्तो अनुभव बोकेर जान्छ ? र उसका साथीहरुलाई के भन्छ होला ? भन्नेतिर ध्यान दिनुपर्छ ।

Advertisement

Advertisement

Advertisement