भ्रमण वर्षलाई रेवानको साथ, बन्दिपुरमा ‘रेवान-बन्दिपुर फेस्ट २०२०’ आयोजना गर्ने

Advertisement

काठमाडौँ । रेष्टुरेण्ट एण्ड बार एशोसियशन नेपाल(रेवान) को आयोजनामा बन्दिपुरमा साँस्कृतिक कार्यक्रम सहितको खाना महोत्सव ‘रेवान-बन्दिपुर फेस्ट २०२०’ आयोजना गर्ने भएको छ । माघ १७ र १८ गते (जनबरी ३१ र फेब्रुअरी १ तारिख) हुने कार्यक्रमका बारेमा शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

विशेष गरी संस्कृतिको विरासत रहेको बन्दिपुरमा आन्तरिक पर्यटन प्रबद्र्धन हुने र काठमाडौँ, पोखरा र सौराहाका रेष्टुरेन्ट व्यवसायीहरु तथा बन्दिपुरका पर्यटन व्यवसायीहरु बीच सद्भावन बढाउने उद्देश्यले ‘रेवान-बन्दिपुर फेष्ट २०२०’ गर्न लागेको रेवानका अध्यक्ष अरनिको राजभण्डारीले बताए ।

रेवाले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न सहयोग पुर्याउने उद्देश्यले रेवान पोखरा र सौराहसँगै केन्द्रीय रेवानले पनि रेष्टुरेन्ट व्यवसायको प्रवद्र्धनका लागि कार्यक्रमहरु आयोजना गरेको अध्यक्ष राजभण्डारीले पत्रकार सम्मेलनमा बताए ।

रेवान केन्द्रको बन्दिपुर फेस्ट पहिलो कार्यक्रम हो । यसपछि नेपाली नयाँवर्षको उपलक्ष्यमा र विश्व पर्यटन दिवसका अवसरमा ठूला कार्यक्रमहरु गर्ने योजना बनाएको पत्रकार सम्मेलनमा बताइयो । कार्यक्रममा मुख्य प्रायोजक गोर्खा ब्रुअरी र प्रायोजकहरुमा जावलाखेल ग्रुप अफ कम्पनी, नेपाल डिष्टीलरी लगायतका कम्पनीहरु रहेका छन् ।

Advertisement

Advertisement

Advertisement