ट्रम्पलाई गाली गर्न हुने, केपी ओलीलाई गाली गरे जेल जानुपर्ने ?

Advertisement

काठमाडौं । अमेरिकामा शक्तिशाली राष्ट्रपति ट्रम्पलाई जति गाली गरे पनि हुन्छ, जे जस्तो बुख्याचा बनाएर लात हाने पनि हुन्छ, मनपरि झपारे पनि हुन्छ, जस्तो कार्टुन बनाए पनि हुन्छ, नाङ्गै पारेर हसिमजाक उडाए पनि हुन्छ, केही निषेधित क्षेत्रभित्र मात्र छिर्न नपाईने हो, मनलाग्दी जति जे लेखे पनि हुन्छ , त्यसको त्यहॉ बाल मतलब हुदैन। त्यसैले लोकतन्त्र त्यहॉ छ।

कंग्रेस वा तल्लो संसदबाट ट्रम्पबिरूद्ध महाभियोग पारित भएर सिनेट वा अपर हाउसमा अहिले बहस सुरू हुन लागेको छ। त्यो प्रस्ताव त्यहॉ पारित हुने छैन होला तर पारित भयो भने उनी पदमुक्त हुनेछन्।

यहॉ नेपालमा विगत ७ दशक देखिको लोकतन्त्रिक अभ्यासको बिजोक हुदैछ, जेल, नेल, ठेल र दाम खानुसम्म खाएका नेताहरूको राजमा लोकतन्त्रको हुर्मत लिईदै छ। यतिसम्म असहिष्णू बनिसकेका छन् कि यिनको बस चल्ने भए आफूबाहेक सबै पौने ३ करोड जनतालाई जेल कोच्ने थिए।
bhim-upadhyay
यिनको जिनमा लोकतन्त्रको रगत दौडन्न, सामन्तितन्त्रको रगत उम्लिरहने गर्छ। यिनका पछि लाग्दा लाग्दा ७ दशक खेर गएको महसुस हुन्छ र अरू कति दशक खेर जाने हो भनन सकिन्न।

यहॉका युवाका दुई पुस्ताको मगजमा विष घोलिइसकिएको छ, तिनलाई अरिंगाल बन्नमा नै मस्ति लाग्छ, त्यसको नसा जो चढेको छ। नेताहरूमा न क्षमता छ, न योग्यता, न संस्कार न शिक्षा, न प्रशिक्षण, न आत्मविश्वास , न प्रतिबद्धता, न ईमान, न ढंग छ, न यिनका ट्र्याक रेकर्ड स्वच्छ, न निर्मल छ, सबै अपवादरहित ढंगमा रक्तरंजित रगतले लतपत छन् ।

सायद त्यसकै कारण सपनामा बर्बराउने, दिनमा फत्फताउने र आन्तरिक आत्माको चिमोट्याईले दिनदिनै सताउने, असंतुलित मनस्थितिले भत्भत् पोल्ने गरिरहेका हुन्छ होला। नसा नगरी कसरी चैनको निद्रा सुत्दा हुन् ती बरा । सबैले कर्मको फल कलियुगमा यही जन्ममा भोग्छन् भनेको सही हो। हामी नेपालीहरूले अहिले कर्मकै फल भोगिरहेका छौं र हौं। ट्रम्पलाई जति गाली गरेपनि हुने तर केपी ओलीलाई गाली गरे जनताले जेल जानुपर्ने ?-लेखक नेपाल सरकारका पूर्व सचिव हुन्

Advertisement

Advertisement

Advertisement