भरतपुरमा पर्यटक बोकेको गाडी दुर्घटना हुँदा ३३ घाइते

Advertisement

चितवन । भरतपुर महानगरपालिका–१ रामनगरमा आज बिहान गुडिरहेको ट्रकमा पछाडिबाट आउँदै गरेको पर्यटक बसले ठक्कर दिँँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये २१ चिनियाँ पर्यटक छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार नारायणगढतर्फ आउँदै गरेको लु२ख ३३०५ नं को ट्रकमा पछाडिबाट आउँदै गरेको बा१प ७८३ नं को पर्यटक बसले बिहान ११ः१५ बजे ठक्कर दिएको थियो । दुर्घटनामा परी पर्यटक बसमा सवार २१ चिनियाँसहित ३२ र घरमा रहेका एक महिला घाइते भएको प्रहरीले जनाएको छ ।

घाइतेको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । पर्यटक सौराहा जान आउँदै गरेको बताइएको छ ।

Advertisement

Advertisement

Advertisement