ग्लोबल आइएमई बैंकको २ नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा

Advertisement

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले यस साता २ नयाँ एक्सटेन्सन काउण्टरहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले मंगलबारदेखि सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नं १२, खनार र शुक्रबारदेखि नवलपरासी बर्दघाट सुस्ता-पश्चिमको सरावल गाउँपालिका, सरावलमा एक्सटेन्सन काउण्टर शुरु गरेको हो ।

सेवाग्राहीको बढ्दो चाप र स्थानियबासीको बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकले सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी दुवै एक्सटेन्सन काउण्टरहरु शुरु गरेको जनाएको छ ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले २६६ शाखा, २५५ एटिएम, ३६ एक्सटेन्सन काउण्टर राजश्व संकलन काउण्टर र २४९ शाखा रहित बैंकिङ सेवा, ३ प्रतिनिधि/ सम्पर्क कार्यालय मार्फत आफ्ना १८ लाख भन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement