१९ वटा वस्तु तथा उत्पादनका लागि नेपाल गुणस्तर निर्धारण(सूचिसहित)

,   ३ माघ २०७६, शुक्रबार, ०५:४० pm   
heli

काठमाडौं । १९ वटा नयाँ वस्तु तथा सेवाहरुको नेपाल गुणस्तर मापदण्ड तयार भएको छ ।
नेपाल गुणस्तर परिषदको माघ ३ गते बसेको बैठकले १९ वटा नयाँ वस्तु तथा सेवाहरुका लागि नेपाल गुणस्तर मापदण्ड तय गरेको हो ।

नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीका अनुसार १९ वटा नयाँ वस्तु तथा उत्पादनहरुका लागि नेपाल गुणस्तर मापदण्ड तय गरिएको हो । ति वस्तु तथा उत्पादनहरुले स्वेच्छिक रुपमा त्यस्तो गुणस्तरको मापदण्ड अनुसार उत्पादन गर्न सक्नेछन् ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रीको अध्यक्षतामा रहेको नेपाल गुणस्तर परिषदबाट पास भएको गुणस्तर मापदण्डलाई ऐच्छिक मानिन्छ । त्यस्तो मापदण्डको निर्धारण सम्बन्धित उद्योगीहरुको अनुरोधमा गरिँदै आएको छ । नेपाल गुणस्तर चिन्ह अनिवार्य लागु गर्न भने मन्त्रिपरिषदबाटै निर्णय हुनुपर्ने व्यवस्था छ ।

नेपालमा हाल १२ वटा वस्तुहरुमा नेपाल गुणस्तर अनिवार्य गरिएको छ भने थप ४ वटा वस्तुहरुको गुणस्तर अनिवार्य गर्ने प्रस्ताव मन्त्रालयसम्म पुगेको छ ।