आइएमएफले भन्योः भारतीय मन्दिले नेपालको आर्थिक वृद्धि ६ प्रतिशत मात्रै

Advertisement

काठमाडौं । अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)ले भारतीय आर्थिक मन्दिका कारण नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशतमा खुम्चिने बताएको छ ।

सरकारले भने चालु आर्थिक वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य निर्धारण गरेको छ ।
आइएमएफले लाउरा जस्माइलोको नेतृत्वमा ५ सदस्यीय टोली माफर्त नेपालको अर्थतन्त्रबारे अध्ययन गरेको थियो ।

शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै आइएमएफ टोलीले भारतिय आर्थिक मन्दिको प्रभावका कारण नेपालको आर्थिक वृद्धिदर ६ प्रतिशत मात्रै हुने प्रक्षेपण सुनाएको हो । यस अघि आइएमएफले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६.३ प्रतिशत हुने दावी गरेको थियो ।

भारतीय अर्थतन्त्रको मन्दि, रेमिटेन्स वृद्धि दरमा आएको कमी, कमजोर कृषि उत्पादनका कारण नेपलको आर्थिक वृद्धिदरमा ह्रास आउने निष्कर्ष आइएमएफले निकालेको हो ।
राजनीतिक स्थिरता, उर्जाको बढ्दो खपत र भूकम्पपछिको पुननिर्माणले गति लिएको भएपनि सरकारको विकास खर्चमा प्रगति नहुनु पनि आर्थिक वृद्धिदरमा ठूलो समस्याको कारण भएको आइएमएफको निष्कर्ष छ ।

आइएमएफ टोलीले पुस २० गते अर्थमन्त्री डा. युवराज खतिवडा र नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालसँग भेट गरेर आर्थिक गतिबिधी बारे राय लिएको थियो ।
उनीहरुले निजी क्षेत्रका प्रतिनिधीहरुसँग पनि छलफल गरेका थिए ।

Advertisement

Advertisement

Advertisement