डिसहोमले बच्चाहरुलाई लक्षित गरी ल्यायो विशेष च्यानल ‘राइम्स’

Advertisement

काठमाडौं । डीटीएच सेवा प्रदायक डिसहोमले विशेष च्यानल ‘राइम्स’ सञ्चालनमा ल्याएको छ । कम्पनीले मनोरञ्जन दिने उद्देश्यले एक कदम अगाडि बढ्दै यो च्यानल सञ्चालनमा ल्याएको जनाउँदै दुईदेखि १२ बर्षका बच्चाहरुका लागि यो अन्तरक्रियात्मक च्यानल भएको बताएको छ ।

राइन्समार्फत आफूहरुले भोलिका कर्णधारहरुलाई रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको जनाउँदै डिसहोमले यसले बच्चाहरुलाई पढ्नका लागि आधार तयार पार्ने बताएको छ । डिसहोमको
च्यानल नं. ८०९ मा राइम्स च्यानल हेर्न सकिन्छ ।

यसले अंग्रेजी, गणित जस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामग्रीको माध्यमबाट बच्चाहरुलाई सुढृड बनाउन मद्दत गर्ने कम्पनीको भनाई छ । राइम्सले बच्चाहरुलाई घरमै बसेर सिक्नसक्ने एउटा उत्कृष्ट मञ्च प्रदान गर्ने जनाइएको छ । डिसहोमले थुप्रै एचडी च्यानलहरु उपलब्ध गराउँदै आएको छ ।

Advertisement

Advertisement

Advertisement