एमसीसी पास गर्ने कि नगर्ने ? अब छिट्टै निर्णयमा पुग्छौंः नारायणकाजी श्रेष्ठ

Advertisement

म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे पार्टीले छिट्टै आवश्यक निर्णय लिने बताएका छन् ।

प्रेस सङ्गठन म्याग्दीले शनिबार बेनीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेपालको विद्युत् प्रशारणलाइन र सडक स्तरोन्नतिका लागि अमेरिकाले घोषणा गरेको सहयोग प्रस्ताव एमसीसीलाई संसद्बाट पारित गराउने विषयमा सत्तारुढ दल नेकपाभित्रै विवाद उत्पन्न भइरहेको सन्दर्भमा राष्ट्रियहितलाई केन्द्रमा राखेर निर्णय गरिने बताए ।

उनले भने, “पार्टीको सचिवालय बैठकले राष्ट्रिय स्वाधीनता र विकासलाई ध्यान दिएर यथार्थपूर्वक ढङ्गबाट एमसीसी प्रस्तावबारे आवश्यक निकास निकाल्ने छ, अब लामो समयसम्म एमसीसी प्रस्तावलाई के गर्ने ? भनेर बस्ने अवस्था रहँदैन । पार्टीको सचिवालय बैठकलाई निर्णय गर्ने निर्देशन भएको छ । अब बस्ने बैठकले यसबारे निष्कर्षमा पुर्याउँछ ।”

सभामुख चयनबारे देखिएको अन्र्यौलताले छिट्टै निकास पाउने पनि श्रेष्ठले जानकारी दिए । उहाँले वर्तमान सरकारले मुलुकमा हुँदैआएका र भएका बेतिथि तथा गलत कार्यको छानबिन गरी बास्तविकता बाहिर ल्याउने कार्य गरेको बताए । राष्ट्रियसभा निर्वाचन प्रचारप्रसारका क्रममा नेता श्रेष्ठसहित उम्मेदवार भगवती न्यौपाने समेत म्याग्दी आका हुन् ।

Advertisement

Advertisement

Advertisement