एमसीसीबारे नयाँ खुलासा, झलनाथ खनालले गरेका थिए सुरुवात

Advertisement

काठमाडौं । नेकपा केन्द्रिय सदस्य तथा विदेश विभाग उप प्रमुख बिष्णु रिजालले एमसीसीबारे नयाँ तथ्य उजागर गरिदिएका छन् । उनले एमसीसी परियोजना झलनाथ खनाल प्रधानमन्त्री हुँदा आरम्भ भएको तथ्य उजागर गरिदिएका हुन् । त्यति मात्रै होइन, उनले एमसीसीमा बाबुराम भट्टराई, प्रचण्ड, खिलराज रेग्मी, शेर बहादुर देउवा लगायतका सबै पूर्व प्रधानमन्त्रीहरुको सहमति रहेको पनि खुलासा गरिदिएका छन् ।

उनले आफ्नो फेसबुक वालमा लेखेका छन् ।
एमसीसीका बारेमा अमेरिकी राजदूत रेन्डी बेरीले थप स्पष्ट पारेका छन् । नेपालमा जसको सरकार र जो प्रधानमन्त्री भए पनि निरन्तर रूपमा लागेर हस्ताक्षर भएको परियोजना भएकाले त्यति विवाद हुनु नपर्ने हो ।
१) खासमा एमसीसीको सुरुवात झलनाथ खनालको सरकारले गरेको हो । उहॉका अर्थमन्त्री भरतमोहन अधिकारीले सन् २०१२ मा वाशिंगटन पुगेर पिस्कोर पुनर्स्थापना गर्नुका साथै एमसीसीमाथि सैद्धान्तिक सहमति दिएर आउनुभएको हो । त्यसैले यसको श्रेय तत्कालीन प्रम खनाललाई जान्छ ।
२) झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, पुष्पकमल दाहाल, शेरबहादुर देउवा र केपी ओली प्रम हुँदा यो परियोजना निर्वाध रूपमा अघि बढ्दै आएको हो । यस हिसाबले यसमा सबैको सहभागिता छ ।
३) सन् २०१७ मा एमसीसीमा औपचारिक हस्ताक्षर गर्दा नेपाली कांग्रेस र एनेकपा ९माओवादी० को सरकार थियो ।
४) अर्थात् सबै पार्टी र सरकार कुनै न कुनै रूपमा संलग्न भइसकेको परियोजना भएकाले यसबाट पछि हट्नु राष्ट्रको विश्वसनीयताका हिसाबले पनि कति उचित होला रु
५) हामीले जेमा सही गरेका छौं, त्यसको जिम्मा लिनुपर्छ, अमेरिकाले बॉकी के(के गर्छ र के(के भन्छ, हामीले जिम्मा लिनुपर्दैन । ७७ पृष्ठको दस्तावेज नै हाम्रो आधार हो, बॉकी तपशीलका कुरा हुन् ।
६) हामी कुनै पनि सैन्य गठबन्धनमा सामेल हुने प्रश्नै आउँदैन । जसका लागि पनि छिमेक(सम्बन्ध महत्वपूर्ण हुन्छ । हामी आफ्नो यो संवेदनशीलता राम्ररी बुझ्छौं ।
७) हाम्रा लागि एउटा चुनौती छ( कुनै पनि आयोजना तोकिएको समयमा पूरा हुँदैनन् । पॉच बर्षमा पूरा गर्ने भनिएको मेलम्ची २० बर्षमा चल्दैछ, माथिल्लो तामाकोशीको हालत त्यस्तै छ । त्रिशुली ‘ए’ देखेकै छौं । तर, एमसीसी परियोजना चाहिं पॉच बर्षमा पूरा गर्नैपर्छ, अन्यथा अमेरिकालाई ५० करोड डलर फिर्ता गर्नुपर्छ ।

Advertisement

Advertisement

Advertisement