‘तँ मुर्ख होस्’– खामेनी, ‘मुख समालेर बोल’– ट्रम्प

Advertisement

काठमाडौं । इरान र अमेरिकाबीचको तिक्तता बढिरहेको बेला दुई देशका नेताहरुबीच वाकयुक्त पनि चल्न थालेको छ । इरानी सर्वोच्च धार्मिक नेता आयातोल्लाह अली खामेनीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मुर्ख भनेर आलोचना गरेलगत्तै ट्रम्पले आफ्नो बोलीमा लगाम लगाउन चेतावनी दिएका छन् ।

खामेनीले शुक्रबारको प्राथना सभामा ट्रम्पलाई क्लाम अर्थात मुर्खको संज्ञा दिदै आलोचना गरेका थिए । त्यसलगत्तै ट्रम्पले ट्वीट गर्दै खामेनीले मुख सम्हालेर बोल्नुपर्ने बताएका हुन् । ट्रम्पले ट्वीटमा खामेनीले अमेरिका र युरोपबारे तुच्छ टिप्पणी गरेको बताएउँदै उनी इरानका ‘तथाकथित सर्वोच्च नेता’ भएको उनको देशको अर्थतन्त्र डामाडोल रहेको, उनका जनता पीडामा रहेको बताएका छन् ।

खामेनीले तेहरानस्थित मोसल्ला मस्जिदबाट सार्वजनिक सम्बोधन गर्दै ट्रम्पलाई मुर्ख भनेका थिए । उनले इरानका जनतालाई समर्थन गरेजस्तो गरेर ट्रम्पले नाटक गरेको भन्दै तर इरानी जनता अमेरिकाविरुद्ध रहेको बताएका थिए । अमेरिकी हवाई हमलामा मारिएका आफ्ना उच्च सैन्य कमान्डर कासिम सुलेमानीको अन्तिम संस्कारमा लाखौं जनता सहभागी भएर इस्लामिक गणतन्त्रको समर्थन र अमेरिकाको दादागिरीको विरोध गरेको खामेनीको भनाई थियो ।

उनले सुलेमानीको ‘कायरतापूर्वक हत्या’ गरिएको भन्दै त्यसको बदलामा आफूहरुले इराकस्थित अमेरिकाका दुई सैन्य आधार शिविरमा थुप्रै ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेर ठूलो क्षति पुर्याएको बताए ।

एजेन्सीहरुको सहयोगमा ।

Advertisement

Advertisement

Advertisement